सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
सुर्खेत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले संयुक्त रुपमा सुपथ मूल्य पसलको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष महर्जनले आम उपभोक्ताका लागि सरकारले चाडपर्व लक्षित गरेर सञ्चालनमा ल्याएको सुपथ पसलबाट अधिकतम् लाभ लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी पाण्डेले सरकारले चाडपर्व लक्षित गरेर बजारमा वस्तुहरू अभाव हुन नदिने गरी सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको बताउनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वमा मात्र नभई बाह्रै महिना सुपथ मूल्य सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले सुर्खेतसहित ४२ जिल्लाका ७४ स्थानहरूमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले आजदेखि दशै, तिहार, छठ पर्वसम्म उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्