तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय देउडा प्रतिष्ठानका अध्यक्ष  बोगटीको निधन 

धनगढी  । सडक दुर्घटनामा घाइते भएका वरिष्ठ देउडा-लोक गायक एवं राष्ट्रिय देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ । सडक दुर्घटनामा गम्भीर घाइते बोगटीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । साइकलमा घर जाँदै गरेका बोगटीलाई असार ३१ गते राती गाडीले ठक्कर दिएको थियो । धनगढी निवासी बोगटीका दुई छोरा, श्रीमती र छोरी रहेका छन् । 

यसैबिच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले स्वर्गीय बोगटीको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्नुभयो । अध्यक्ष बोगटीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी आज बिहान सुदूरपश्चिम साहित्य समाजको भवन परिसरमा राखिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button