तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीका ८५ पालिकाको न्यायिक भेला गोरखामा आजदेखि सुरु

गोरखा । गोरखा सदरमुकाममा आजदेखी गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण हुन लागेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशमा रहेका ८५ स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरू तथा न्यायिक समितिमा रहेर काम गर्ने कर्मचारी तथा प्रशिक्षकहरू सहभागी रहेका  छन् । शनिबारसम्म चल्ने भेलाले पहिलो पटक न्यायिक मञ्चको समेत गठन गर्नेछ । यो मञ्च गठन भएको खण्डमा देशैभर मध्ये गण्डकी प्रदेश पहिलो हुनेछ । 

न्यायिक नेतृत्वको विकास गराउने र न्यायिक अभ्यासलाई संस्थागत गराउने, मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने प्रक्रियालाई प्रोत्साहित गरी सामाजिक सौहार्द्यता सद्भाव कायम राख्ने उद्देश्यले गोरखामा भेलाको आयोजना गरिएको गोरखा नगरपालिका उपमेयर मसलीमाया थोकरले बताउनुभयो । 

स्थानीय स्तरमा विवाद समाधान गर्ने परम्परागत संस्कृतिको विकास गर्ने, न्यायिक अधिकारको प्रयोगमा समावेशिताको मान्यतालाई बलियो पार्न, स्थानीय सकारको मूल्य र मान्यतालाई व्यवहारमा कार्यान्वयन गरी संघीय शासन प्रणाली प्रति समुदायमा अपनत्वको भावना विकास गराउने उद्देश्यले भेला र प्रशिक्षणको आयोजना उपमेयर थोकरको भनाई छ । 

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य, नगरपालिका संघ, गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति रहने  आयोजक गोरखा नगरपालिका, न्यायिक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button