संसद्को चालु अधिवेशन भोलीदेखि अन्त्य गर्ने सरकारको निर्णय
२०८१ मङ्सिर १६ गते स्थानीय तहका रिक्त ३९ पदहरूका लागि निर्वाचन गर्ने निर्णय

काठमाडौँ । सरकारले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन भोलीदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन भोली भाद्र ३१ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय तहका रिक्त ३९ पदहरूका लागि २०८१ साल मङ्सिर १६ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्