तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि बजेट माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा एमाले पर्सा जिल्ला कमिटीका पदाधिकारीहरूले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै मुलुकको प्रमुख आर्थिक एवं व्यापारी केन्द्र भएर पनि वीरगञ्ज विकासमा पछाडि परेको भन्दै विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन माग गर्नुभएको छ ।

पदाधिकारीको टोलीले पर्सा जिल्लाको समग्र विकास एवम् योजना सम्पन्न गर्ने सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको थियो ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य, पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको नेतृत्वमा गएको टोलीमा जिल्ला अध्यक्ष डा. विश्वम्भर कुमार शर्मा, सचिव महेश दासले भेटेर पर्सा जिल्लामा गर्नुपर्ने महत्त्वपूर्ण योजना र कार्यबारे ध्यानाकर्षण गराएको सचिव दासले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विगतमा अवरुद्ध भएको पर्साको विकास निर्माणलाई आफू नेतृत्वको सरकारले तीव्र रुपमा अगाडी बढाउने विश्वास दिलाउनु भएको नेकपा एमालेका जिल्ला सचिव महेश दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button