तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाका लागि निःशुल्क शिविर हुने

धनकुटा । धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा बालबालिकाहरूका लागि निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।

विराट मेडिकल कलेज टंकिसिनुवारी विराटनगरको सहयोगमा आगामी भदौ २८ र २९ गते बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको विस्तृत जानकारी दिएको थियो ।

शिविरले स्थानीय समुदायका बालबालिकाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । बालबालिकाहरूको स्वास्थ्य स्थिति सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन शिविरको आयोजना गरिएको शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर अकेला श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछन् । यसले क्षेत्रीय स्वास्थ्य सेवामा एक सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । स्थानीय अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई यस शिविरमा ल्याइ लाभ लिन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button