एमाले पोलिटब्युरो बैठक : महासचिवबाट प्रस्तुत कार्ययोजनामा छलफल

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा पार्टीको वार्षिक कार्य योजनामाथि पोलिटब्यूरो सदस्यहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले हिजो पेस गर्नुभएको पार्टीको वार्षिक कार्ययोजना माथी पोलिटब्यूरो सदस्यहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहेको नेकपा एमालेले जनाएको छ ।
पार्टीको सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका साथै नेता कार्यकर्ताहरूको आचरणमा अझ बढी शुद्धता ल्याउने लगायतका १८ वटा बुँदा कार्ययोजनामा समावेश गरिएको छ ।
बैठकमा पोलिटब्यूरो सदस्यहरुले सुझाव दिइसकेपछि कार्य योजनालाई पारित गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्