एमबीबीएस र पारामेडिकलको प्रवेश परीक्षाको परीक्षाफलमा त्रुटि भएकोमा विद्यार्थी हरुको विरोध
भक्तपुर । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको परीक्षाफलमा त्रुटि गरेको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
नतिजा प्रकाशनमा गरेको त्रुटिको विरुद्धमा आयोगको कार्यालय सानोठिमी अगाडि विद्यार्थीहरूले आज बिरोध प्रदर्शन गरेका हुन् । एमबीबीएस र पारामेडिकल प्रवेश परीक्षा दिएका बिद्यार्थीहरुले बाटो छेकेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रश्नपत्र, ओएमआर सिट हेर्न पाउनु पर्ने, उत्तर कि हेर्न पाउनु पर्ने, विद्यार्थीहरूको भविष्यसँग खेलबाड नपाइने र प्रश्नपत्र सेट हेर्न पाउनु पर्ने माग गरेका छन् ।
विद्यार्थीहरूले आफूहरूको भविष्यमाथि खेलबाड गरिएको भन्दै आक्रोश पोखेको आन्दोलनमा सहभागी विद्यार्थी कुशाग्र बर्मा रोशनले बताउनुभयो ।
यो विषयले संसदमा पनि उठेको छ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्