तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा बाल्ने सांसदहरुले बाढि पहिरोको कारण अवरुद्ध बनेका देशका विभिन्न सडकखण्डहरु सुचारु गर्न, सडक दुर्घटनाको समस्या स्थायी रूपले समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले प्राविधिक र वैज्ञानिक अध्ययन, अनुगमन गरी सडक सुरक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले संविधान संशोधनको विषय सर्व स्वीकार्यता हुनुपर्ने, आर्थिक सामाजिक हिसाबले पछि परेकाका लागि बनेका व्यवस्थाको विरुद्धमा प्रहार हुन नहुने बताउनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button