पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौँ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।
सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औँ वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने गरि विश्वास दिलाउनुपर्ने बताउनुभयो ।
मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास, नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्ट्याउने गरि ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताउनुभयो।
फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जारी रहने विश्वास व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्