तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा चट्याङ लागेर ३ जना घाइते 

रोल्पा । रोल्पा जिल्लाको माडी गाउँपालिका–१ चौरका नबिराम घर्तीमगरको घरमा शनिवार साझ चट्याङ पर्दा ३ जना घाइते भएका छन्  घाइते हुनेहरूमा सोही ठाउँ निवासी ५२ वर्षीय हरिकला घर्तीमगर, २४ वर्षीय सपना घर्तीमगर र  ५ वर्षीय श्रीया घर्तीमगर घाइते  भएको बताइएको छ ।
घाइते हरिकला घर्तीमगरको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था सामान्य रहेकोले उनीहरूको उपचार पश्चात् डिस्चार्ज गरि घरमा पठाएको रोल्पा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो।
चट्याङ लागेर सोही स्थान बस्ने अभाष खड्काको एउटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button