तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा शुरु भयो इन्ट्रा कप फुटबल, १४ सय खेलाडी सहभागी

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा अवस्थित कोप्ले सकर कम्प्लेक्समा अमेरिकाभरिका नेपालीमूल, नेपालीजातिका युवायुवतीहरूका बीच इन्ट्रा कप—२०२४ फुटबल प्रतियोगिता अगष्ट ३० तारिख शुक्रबारदेखि शुरु भएको छ ।
पुरुषतर्फ ३० बर्षमुनिका युवा, तीसदेखि ३९ बर्षसम्मका युवा र ४० वर्षदेखि माथिका भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरू तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुने छ । यसैगरी १६ वर्षदेखि मुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिस्पर्धा हुने छ ।
पीसजोन क्लबसमेतको सहकार्यमा इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेका यी खेलहरूमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टिम दर्ता भएका छन् ।
किशोर किशोरीतर्फ २९ वटा टिम दर्ता भएका छन् । आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार, युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन् । जसमा ३० बर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् ।
४० बर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् । त्यसैगरी ४० बर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिस्पर्धा छ । महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button