अमेरिकी राजदूत थम्पसन् र वनमन्त्री शाहीबीच शिष्टाचार भेट

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन। आर।थोम्पसोन (Deen R Thompson )बीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
उक्त भेटघाटमा नेपाल सरकार र अमेरिका बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सहमति भएको छ । राजदूतले वन मन्त्रालयको आगामी कार्य योजना तथा समस्या र समाधानका उपायको बारे वनमन्त्री शाहीबाट जानकारी लिनुभयो । युएसआइडी मार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहाना रहेको राजदूत थम्पसन्ले बताउनुभयो ।
मन्त्री शाहीले भने नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिका आभारी छु । नेपालका हालैका दिनमा एमसिसिलगायत विभिन्न परियोजना मार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको मन्त्रीले बताउनुभयो ।
मन्त्री शाहीका अनुसार नेपालमा शिक्षा क्षेत्रमा बिकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमको माध्यम बाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्प पछिको पुर्ननिर्माण लगायत विभिन्न क्षेत्रमा अमेरिकाको अतुलनीय रहेको छ ।
नेपालमा युएसआइडीको सहयोग हालैका दिनमा सञ्चालन भइरहेको हरियो वन कार्यक्रम जल जङ्गल लगायत कार्यक्रमहरूले वन वातावरण संरक्षण संरक्षित क्षेत्र ब्याबस्थापन तथा प्रजाति संरक्षण जैविक विविधता संंरक्षण र वन्यजन्तु अपराध नियन्त्रणमा महत्वपूर्ण रहेको मन्त्रीको भनाई छ ।
क्लीन एयर काठमाडौँ उपत्यका बायु गुणस्तर सुधार कार्यक्रम आयोजनाले प्रदूषण नियन्त्रण फोहोरमैला ब्याबस्थापन लगायत वातावरण क्षेत्रमा अमेरिकाको सहयोग महत्त्वपूर्ण रहेको मन्त्रीले राजतुतलाई जानकारी गराउनुभयो ।
पिस कप्र्स नेपाल संयुक्त राज्य अमेरिकाको नेपाल सँगको संलग्नता एक अङ्ग हो मन्त्रीले भने जसले दिगो बिकास र दुई देश बीचको आपसी समझदारी थप बढवा दिएको छ । सन १९६२ देखि नै पिस कप्र्स मार्फत नेपालको शिक्षा स्वास्थ्य कृषि वन वातावरण र सामुदायिक बिकास लगायत विभिन्न क्षेत्रमा काम गर्न हजारौँ स्वयंसेवक नेपाल पठाई नेपालको ग्रामीण विकासमा खेलेको भूमिका मन्त्रीले प्रशंसा गर्नु भएको छ ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनको प्रभावले भौतिक सामाजिक आर्थिक क्षेत्रमा असर देखिएको हुँदा वन तथा वातावरण मन्त्रालयले उच्च प्राथमिकता राखेको मन्त्री शाहीले भने यस तर्फ संयुक्त राज्य अमेरिकाको सहयोग हुने अपेक्षा गरिएको छ ।
हिमाल पहाड तराई भएको सुन्दर देशलाई जंंगलको माध्यम बाट जनता सँग जोडेर समृद्धि बनाउने लक्ष्य छ मन्त्रीले भने यसमा अमेरिकाको सहयोग जरुरी छ । रारा, खप्तड र शे फोक्सुन्डो लगायत पर्यटकीय क्षेत्र भ्रमण गरि बिकास निर्माणमा सहयोग गरि दिन मन्त्रीले राजदूतलाई आग्रह गर्नुभयो । वर्षा अन्त भएपछि काठमाडौँ बाहिर भ्रमण गर्ने लक्ष्य रहेको र नेपालको सुदूरपश्चिममा भ्रमण गर्ने तयारी भइरहेको राजदूतले वन मन्त्री शाहीलाई जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्