रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
चितवन । रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–३ नारायणघाट पुलचोकस्थित भरतपुर महानगरको ढाट अगाडि कवाडी कर तिर्न रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ बस्ने २८ वर्षीय सरोज कार्कीको मृत्यु भएको छ ।
आज मङ्गलवार बिहान करिब १ बजेको समयमा मधेस प्रदेश ०३–००१ ख ९४७३ नम्बरको ट्रकको पछाडि पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
ट्रकमा ठोक्किएर गम्भीर घाइते भएका कार्कीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका–९ नौबिसे बस्ने वर्ष ३१ को सुदिप रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्