तपाईँ सुन्दै हुनुहुन्छः

साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ ।

फाइनल खेल नेपालले बङ्गलादेशसँग आगामी बुधबार दशरथ रङ्गशालामा खेल्नेछ ।

सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै बङ्गलादेशले नेपालसँगको भिडन्त पक्का गरेको हो। 

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो। जसमा बङ्गलादेशका गोलकिपर मोहमद आशिफले भारतका दुई खेलाडीको पेनाल्टी सेभ गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button