तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर युवतीको मृत्यु

डोटी । डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ ।

शनिबार राती करिब साढे ७ बजे घरमा परेको चट्याङबाट मृत्यु हुनेमा जिल्लाको जोरायल गाउँपालिका ६ निरौली गुनड बस्ने २० वर्षीय दुर्गा साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार घरभित्र जाने क्रममा ढोकामै परेको चट्याङबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि धनगढी लगिएको थियो । अस्पतालमा पुर्‍याए पश्चात् डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

मृतक साउँद हिजो मात्रै धनगढीबाट घरमा आएकी र घर पुग्ने बित्तिकै अविरल वर्षा भइरहेको बेला चट्याङमा परेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button