तपाईँ सुन्दै हुनुहुन्छः

सलहेश फुटबल क्लब ताप्लेजुङ गोल्डकप फुटबलको फाइनलमा

ताप्लेजुङ । सिराहको सलहेश फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ ३ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा झापाको विर्तामोड युनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ को गोलअन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको समयावधिमा एक–एक गोल बराबरी खेलेका दुवै टोली थपिएको १५ मिनेटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

सिराहाले अब सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button