तीर्थयात्री खसेको अल्कासाँघुमा नगरपालिकाले बनायो अस्थायी साँघु
मुगु । मुगु छायाँनाथ रारा नगरपालिका वडा न १ स्थित अल्का साँघु भन्ने स्थानमा नगर पालिकाले अस्थायी साँघु बनाएको छ ।
सोमबाट छायाँनाथ धामबाट फर्कँदै गरेका तिर्थयात्रु मध्य ८ जना उक्त स्थान भएर बगेको गमगाढ खोलामाथि लगाइएको लाप्कोबाट खसेपछि मङ्गलवार नगरपालिकाले २ वटा लाप्का लगाएको हो ।
छायाँनाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी र वडा न १ श्रीनगर र घाट गाउँका स्थानीयहरूको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।
सोमबार बिहान स्थानीयहरूले काठको एउटा लाप्को लगाएपनी सानो र हिँड्न साँघुरो लाप्को भएकाले तिर्थयात्रुहरु नदिमा खसे त्यसैले सबैको सहयोगमा आज चाक्लो फराकिला र बाइक पनि गुड्न मिल्ने २ वटा लाप्का लगाएका छौ वडा अध्यक्ष मल्ल भन्नुहुन्छ ।
काठका २ वटा लाप्का लगाउन प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी नायव निरीक्षक विरेन्द्र थापा, सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुवर पनि पुग्नु भएको थियो ।
गमगढी–नाक्चेलाग्ना सडक अन्तरगत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्का खोलेर पक्की पुल लगाउन काम शुरु गरेपनी कछुवा गतिमा काम गर्दा मानिसहरूलाई आवत जावत गर्न समस्या हुँदै आएको छ ।
छायानाथ रारा नगरपालिका वडा न १, १०, ११ र १२ बस्तीहरू र सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका यही खोला भएर आवत जावत गर्ने गर्छन् ।
सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउँका युवाहरू, नेपाल प्रहरी, नगर प्रहरीले उद्धार गरेका थिए । उद्धार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको छ ।
छायानाथबाट फर्कँदै गरेका तिर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तिर्थ यात्रुको बिहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउँका युवा रामराज मल्ल सहित अन्य युवा तथा प्रहरीहरूले उद्धार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल हुँदा स्थानीय सरकार ,कर्णाली प्रदेश सरकार र संघीय सरकारको सबै तिरबाट चर्को आलोचना भएको थियो ।
खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राज मल्ल, धर्म राज बिक, बिष्णु बिक, सञ्जु बिक, पिउली सरा बिक र एक जना नाम नखुलेका अर्का युवा सहित ८ जना गमगाढ खोलामा खसेका थिए ।
प्रतिक्रिया राख्नुहोस्