तपाईँ सुन्दै हुनुहुन्छः

बेइजिङ्ग+३० को राष्ट्रिय प्रमाणिकरण कार्यशाला र राष्ट्रिय महिला सम्मेलन भोली आयोजना हुँदै

काठमाडौँ । बेइजिङ्ग +३० को राष्ट्रिय प्रमाणिकरण कार्यशाला समानान्तर सत्र र राष्ट्रिय महिला सम्मेलन भोली ललितपुरमा आयोजना हुँदैछ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजना हुने कार्यक्रममा सन् १९९५मा चीनको राजधानि बेइजिङ्गमा आयोजित राष्ट्रसंघीय चौथो विश्व महिला सम्मेलनले परित गरेका १२ वटा सरोकार र सवालहरुमा समिक्षा गरिने छ ।
सम्मेलनले विगत पाँच वर्षमा नेपालमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले महिलाका सवालमा गरेका कार्यक्रमहरुको समिक्षा गर्दै नागरिक समाजको समानान्तर प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसंघमा नागरिक समाजको तर्फबाट पेश गर्न “काठमाडौं घोषणापत्र” जारी गर्ने छ ।

सम्मेलनमा महिलाको मानव अधिकार, महिला र बालबालिकाको सशक्तिकरणसँग सम्बन्धित महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला विरुद्ध हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासका लागि संस्थागत संयन्त्रहरु, महिलाको मानब अधिकार, महिला र सञ्चार महिला र वतावरण र बालबालिकाका विषयमा भएका कामहरुको समिक्षा हुने छ ।

साथै सम्मेलनमा यस वर्ष उठेका दुुईवटा महत्वपूर्ण सवालहरु जलवायुपरिवर्तन र महिला जेष्ठ नागरिकका विषयलाई नवोदित सवालका रुपमा समेत समिक्षा हुदैछ । बेइजिङ्ग घोषणा र कार्यमञ्च कार्यान्वयन गर्नका लागि नेपाल सरकारले हस्ताक्षर गरी गरेको प्रतिबद्धता गरेबमोजिम हरेक पाँच वर्षमा त्यसको प्रगति, कार्यान्वयन गर्दा सामाना गरेका चुनौती, अवसर र गर्न बाँकी कामहरुका विषयमा समिक्षा गरी नेपाल सरकार र नागरिक समाजको तर्फबाट सम्मेलनले प्रतिवेन तयार पार्नेछ ।

राष्ट्रिय सम्मेलनबाट पारित भएको घोषणापत्रलाई नेपाल सरकारका सबै तह, निकाय र क्षेत्रमा पैरवी गर्न दस्तावेजको रुपमा उपयोग गर्न सकिने आयोजक संस्था वियोण्ड बेइजिङ्ग समिति – बिबिसी) आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

राष्ट्रिय महिला सम्मेलनमा देशभरीबाट ३०० भन्दा धेरै महिलाको सहभागीता रहने र १४ वटा विषयमा समुहगत छलफलगरी काठमाडौं घोषणापत्र जारी गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button