सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन आजदेखि शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन आजदेखि शुरु भएको छ ।
प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज प्रदेशसभा भवन धनगढीमा बसेको छ । बैठकमा सभामुख भिमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जारी गर्नुभएको प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभयो ।

यस्तै, बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेशको सामयिक राजस्व सङ्कलन सम्बन्धी अध्यादेश २०८१ पेश गर्नुभयो । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता रहेको अवस्थामा प्रदेश सरकारले तत्काल कर सङ्कलनका लागि भन्दै साउन २४ गते सामयिक राजस्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो ।
प्रदेशसभाको अर्को बैठक साउन २९ गते बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्