आन्तरिक पर्यटकको रोजाई बन्दै सिप्टिचौर
मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका–७ मा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।
देशकै ठूलो ताल राराताल पुग्दा जुम्लाको बुलबुले क्षेत्र कटेपछि यही पाटन भएर आउनु पर्ने भएकाले पर्यटकहरू यो पाटनमा नओर्ली रहन सक्दैनन् ।

वरिपरि परि घना जङ्गल,पाटनमा चरिरहेका वस्तुभाउ,चराचुरुङ्गीहरूको चिरचिराहट अनि हरियो गलैँचा विच्छाए जस्तो विचमा पाटन छेउ मै सेतो सडक यस्तो दृश्य देखे कसको मन नलोभिएला र रु रारा घुम्न आउने पर्यटकलाई यो पाटनमा पुगेपछि रमाइलो गर्न र व्यक्तिगत तथा सामूहिक फोटाहरू खिच्न मन लागि हाल्छ ।
सुर्खेत, नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकहरूलाई यही सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रारा घुम्न आएका बर्दिया तारातालका रन्जन शर्माले बताउनुभयो ।

सिजनमा दैनिक जसो यहाँ प्राकृतिक सुन्दरतामा रमाउन सय दुई सय जना आन्तरिक पर्यटकहरू पुग्ने गरेको छायानाथ रारा नगरपालिका–७ का निवर्तमान वडा अध्यक्ष हरिचन्द्र शाही बताउनुहुन्छ ।
पछिल्लो समय रारा पुग्ने पर्यटकहरूको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ति, कार्यालय तथा संघ सस्थाहरुले उत्सव मनाउने, कार्यक्रम आयोजना गर्ने गर्दै आएका छन् ।
यो पाटनबाट सवारी साधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरू अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने बिहान १र२ घण्टा सिप्टीचौरमा रमाउने त्यसपछि रारा पुग्ने गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्