ठुला दुई दलको सरकार गठनले निजी क्षेत्र उत्साहित : अध्यक्ष ढकाल
धनगढी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठुला दुई दलको सरकार गठनले निजी क्षेत्र उत्साहित भएको बताउनुभएको छ ।

आज धनगढीमा कैलाली उद्योग वाणिज्य सङ्घको ५० औँ साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रमुख दल (काँग्रेस र एमाले) को सत्ता गठबन्धनले निजी क्षेत्रलाई आशा जगाएको बताउनुभयो । उहाँले उद्योग वाणिज्य महासङ्घले १० अर्ब बराबरको पब्लिक लिमिटेड कम्पनीको शुरुवात गरेको र त्यस कम्पनीले देशभरका लगानी योग्य ठाउँमा आवश्यक लगानी गर्न सहयोग पुर्याउने बताउनुभयो ।

अध्यक्ष ढकालले मौद्रिक नीतिले आर्थिक क्षेत्रका लागी सकारात्मक म्यासेज दिएको बताउनुभयो । उहाँले कैलालीको चिसापानी राजकाडाँ क्षेत्रमा केबुलकार प्रोजेक्ट काम अघि बढेको पनि जानकारी दिनुभयो ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको साधारण सभामा उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्