बेवारिसे शव फेला
धनकुटा । धनकुटामा बेवारिसे शव फेला परेको छ ।
शनिबार बिहान धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ माङमाया खोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिनुभयो ।
थप अनुसन्धानका लागि शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्