सर्पले डस्दा एकको मृत्यु
झापा । विषालु सर्पले डस्दा झापाको मेचीनगरमा एक जना युवाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका ८ शान्ति टोल घर भएका १८ वर्षीय आशिष राजवंशीको सर्पले डस्दा मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार राति घरमा सुतेकै ठाउँमा सर्पले डसेको उनलाई उपचारका लागि अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्