तपाईँ सुन्दै हुनुहुन्छः

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं। नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो ।

त्यस्तै, पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ ।

त्यस्तै, आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button