तपाईँ सुन्दै हुनुहुन्छः

काभा वुमन्स नेसन्स भलिबल लिगमा श्रीलङ्काको पहिलो जित 

काठमाडौँ । श्रीलङ्काले काभा वुमन्स नेसन्स भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलङ्काले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

श्रीलङ्का यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३–० को सेटमा पराजय बेहोर्‍यो । जितसँगै श्रीलङ्काले तीन खेलमा चार अङ्क जोडेको छ । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

श्रीलङ्काले अन्तिम खेल भारतसँग खेल्ने छ भने माल्दिभ्सले घरेलु टोली नेपालसँग खेल्ने तय छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button