लेखनाथ पत्रकार मञ्चलाई सहयोग
पोखरा । पोखरा महानगरपालिका वडा नं –२९ को भण्डारढीकमा रहेको आदर्श हार्डवेयरको आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ ।

मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारको कोष वृद्धिमा सहयोग पुग्ने गरि आर्दश हाडवर्यसका सञ्चालक विजय गुरुङ र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई रु पच्चिस हजार १३ रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
व्यवसायको छोटो समयमा आर्दश हाडवर्यसले प्राप्त गरेको सफलतालाई मध्यनजर राख्दै सञ्चालक विजय गुरुङले सामाजिक उत्तरदायित्वका क्षेत्रमा वार्षिक रुपमा विभिन्न सहयोग गर्दै आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्