अबिरल वर्षाले नेपालगन्ज जलमग्न

नेपालगन्ज। अविरल बर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ ।
आज विहानदेखि भइरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिकाको इदगाह रोड, न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँ लगायतका स्थान जलमग्न भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र बाँकेले जनाएको छ । केही घरमा पानी पसेको छ ।
ठाउंँ ठाउँमा पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । विद्यालय परिसरमा पानी जमेपछि केही विद्यालयहरुको पठनपाठन समेत प्रभावित भएको छ ।
यसैगरी निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्ने जोखिम बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले आग्रह गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्