सिक्टा नहरमा डुबेर एकको मृत्यु
बाँके । कोहलपुर नगरपालिका(३ सिक्टा नहरमा नुहाउने क्रममा डुबेर बुधबार बिहान १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैजनाथ गाउँपालिका-७ पेडारी का ४० वर्षीय बिर बहादुर थारू रहेको स्थानीय फारुक गुजरले बताउनुभयो ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका थारुको ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले नहरमा डुबेको अवस्थामा मृत फेला परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।
मृतकको शव भेरी अस्पताल नेपालगन्जमा पोष्टमार्टमका लागि पठाइएको बाँके प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्