सांफे मार्तडी सडक पुनः अवरुद्ध
बाजुरा ।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ६नुनेपानी स्थित खहरे खोलामा आएको बाढी सँगैको पहिरोले आज बिहानै देखि साँफे–मार्तडी सडक अवरुद्ध भएको छ।
नुनेपानीको खहरे खोलामा हिजो राति देखि आएको अविरल बर्षाले बाढी सँगै पहिरो आउँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पहिरोले सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडी आउने र जाने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। भने छोटो तथा लामो दूरीका सवारीसाधन बन्द भएका छन्।
जिल्ला सदरमुकाम मार्तडी नजिकै रहेको नुनेपानीमा पहिरोले सडक अवरुद्ध पारेपछी कोल्टी क्षेत्रमा रहेका चार स्थानीय तह सहित छिमेकी मुगु, हुम्ला ,जुम्ला लगायतका जिल्ला जाने यात्रुहरू समस्यामा परेका छन्। भने स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकस भएको छ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरिले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्