तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।

फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गर्नुभएको हो । स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।

एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबल टेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button