तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बिहीबार बस्ने

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्य विभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्य विभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button