तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

मान्म (कालिकोट) । पहिरोका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो ।

राजमार्ग प्रहरी र स्थानीयको पहलमा आज बिहान पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटका नरहरिनाथ गाउँपालिका–१ मोरा गाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडक अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button