तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्य जारी

कञ्चनपुर । दाउरा निकाल्ने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको छ ।

शनिबार साँझ कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा डुबेर बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ४५ वर्षीय रतन भट्टको खोजीकार्य जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा अकस्मात् नदीमा पानीको बहाव बढेपछि भट्ट बेपत्ता हुनु भएको हो ।

घटनाबारे थाहा पाउने बित्तिकै शनिबार साँझ नै उद्धार टोली परिचालन भई बेपत्ता भएको स्थानदेखि झण्डै ७ किलोमिटर नदी क्षेत्रमा खोजीकार्य गर्दा समेत फेला पार्न नसकिएको र आइतबार बिहानै देखि पुनः खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button