शिक्षा समिति बैठक: विद्यालय शिक्षा विधेयकमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग आज पनि छलफल भएको छ ।
बैठकमा संसदहरुले विधेयकमा शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षकबिचको मर्यादाक्रम छुट्ट्याइनुपर्ने, जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने व्यवस्था गर्नुपर्ने, शिक्षक वर्गीकरण गर्न नहुनुपर्ने लगायतका व्यवस्था गर्न संशोधन प्रस्तुत गर्नुभयो ।
बैठकमा सांसदहरुले असल नागरिक उत्पादन गर्न विद्यालय तहमा नैतिक शिक्षाको पठनपाठन गर्ने व्यवस्था गर्नुपर्ने, मदरसा शिक्षालाई प्राथमिकता दिनुपर्नेलगायतका संशोधन पेश गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्