तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले चालु खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताउनुभएको छ । 

बैठकको आकस्मिक समयमा सांसदहरुले सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त बनाई भ्रष्टाचारमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरुले कैलालीको धनगढीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

\

सांसदहरुले भ्रष्टाचारका फाइल खोली दोषीलाई कडा कारबाही गर्नुपर्ने, बाढी पहिरोका कारण अवरुद्ध भएका सडक, भत्किएका पुललाई तत्काल पुर्ननिर्माण गरी यात्रालाई सहज बनाउन सरकारसँग माग गर्नुभयो ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै बैठकमा सांसद प्रतिमा गौतमले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button