बागमतीको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामाको दाबी पेश

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका बहादुर सिंह लामाले दाबी पेश गर्नु भएको छ ।
काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मङ्गलवार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले मङ्गलवार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गर्नु भएको थियाे ।
मङ्गलवार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । नुवाकोटका लामा बागमती प्रदेशमा काँग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्