तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाकाबाट आर्थिक बर्ष ०८०/०८१ मा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज । बीरगंज स्थित एकिकृत तथा आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ मा भारत तथा तेस्रो मुलुक तर्फ २६ अर्ब १४ करोड, ९४ लाख ८७ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ मा ८ अर्ब ३२ करोड ८३ लाख ८८ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख ७२ हजार मूल्य बराबरको पाम आयल निर्यात भएको छ ।

त्यसैगरी सो अवधिमा ६ अर्ब ७१ करोड ३ लाख १२ हजार मूल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने १ अर्ब २१ करोड १२ लाख ७ हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो ।

त्यसैगरी आर्थिक बर्ष २०८०/०८१ मा १ अर्ब ७३ करोड ५ लाख १६ हजार मूल्य बराबरको पिना निर्यात भएको छ भने बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू ८६ करोड ३३ लाख ४२ हजार मूल्य बराबरको भारत निर्यात भएको छ । यसैगरी चालु आर्थिक वर्षमा प्रशोधित भटमासको तेल ८ करोड ८२ लाख ७२ हजार मूल्य बराबरको भारत निर्यात भएको छ ।

बीरगंज भन्सार नाकाबाट ९९ करोड ८१ लाख ७५ हजार मूल्य बराबरको सेन्थेटिक यार्न, ६८ करोड ७ लाख ५३ हजार मूल्य बराबरको आयुर्वेदिक तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

त्यसैगरी बीरगंज नाकाबाट आर्थिक बर्ष २०८०/०८१ मा ६३ करोड १२ लाख ७४ हजार मूल्य बराबरको स्पोर्ट सुज, ७७ करोड, ६१ लाख ४७ हजार बराबरको उनी,सुती र टेरिकटन लगायतका नेपाली कपडा, ३१ करोड ९१ लाख ६ हजार मूल्य बराबरको उनी गलैँचा भारत निर्यात भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बीरगंज नाकाबाट ७७ करोड ८० लाख ३ हजार मूल्य बराबरको सि.आर.सिट, ६७ करोड ७३ लाख १ हजारको कुकुर तथा बिरालोको खाना, ४८ करोड १६ लाख ४३ हजार मूल्य बराबरको तयारी कपडा, ७८ करोड १८ लाख ३५ हजार मूल्य बराबरको दन्त मन्जन, ९ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल, ३१ करोड ९१ लाख ३६ हजार मूल्यको प्लास्टिकका बिर्को ढकनीहरू १ करोड ५४ लाख ७७ हजार मूल्य बराबरको चोकर, भुस भारत निर्यात भएको आइसिपी भन्सार कार्यालय वीरगन्जका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

यसअघि गत आर्थिक बर्ष ०७९/०८० मा वीरगन्ज स्थित आइसीपि भन्सार नाकाबाट ३३ अर्ब ६१ करोड ३२ लाख ४६ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button