तपाईँ सुन्दै हुनुहुन्छः

बस र ट्याङ्कर ठोक्किँदा दर्जन यात्रु घाइते

धनकुटा । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र दूध बोक्ने ट्याङ्कर ठोकिँदा १२ जना यात्रु घाइते भएका छन् ।

सुनसरीको धरानबाट सङ्खुवासभाको आँखिभुइ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दूध बोकेर धरानतर्फ जाँदै गरेको को १ च १५३१ नम्बरको दूध बोक्ने ट्याङ्कर एकापसमा ठोकिँदा बसमा सवार १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

घाइते सबैको टाउकोमा चोट लागेको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button