१३ वर्षीया नाबालिकाको बिहे गर्न खोज्दा बेहुलासहित ४ पक्राउ

वीरगंज । वर्षीया नाबालिकाको बिहे गर्न लागेको सूचना पाएसँगै पर्सा प्रहरीले जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बाट बेहुला, बेहुलाको बुवा र बेहुलीको आमा बुवा गरी ४ जनालाई पक्राउ गरेको छ ।
बेहुला २२ वर्षीय उमेश रामले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ जिराभवानी निवासी कपिल देव रामकी १३ बर्षिया नाबालिक छोरी सँग शुक्रवार बिहे गर्ने तयारी गरि रहेको जानकारी गाउँलेहरूले प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले बेहुला उमेश राम, बेहुलाका बुवा भोली राम सहित बेहुलीका बुवा कपिलदेव राम र आमा उमरावती देवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बाल विवाह गर्न दबाब दिने ४ जनालाई थप कारबाही कालागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी अनुसन्धानअगाडि बढाई एको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्