तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण प्रणाली पुनरावलोकन गरिने मन्त्री भट्टराईको प्रतिबद्धता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण प्रणालीको पुनरावलोकन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न आज बसेको बैठकमा मन्त्री भट्टराईले भरखरै प्रकाशित एसइई परीक्षाको नतिजा शिक्षण प्रणालीकै परिणाम भएको बताउनुभयो ।

बैठकमा मन्त्री भट्टराईले अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा आफ्नो जोड रहने पनि स्पष्ट पार्नुभयो । समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरुले आज पनि आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सांसदहरुले कक्षा ११ र १२ सञ्चालनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने, निःशुल्क र अनिवार्य शिक्षा ऐन कार्यान्वयनका लागि तीनै तहको सरकारले शिक्षामा लगानी बढाउनुपर्ने प्रावधानलाई पनि कानुनकै रुपमा ल्याइने गरी विधेयकमा समेट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button