प्रतिनिधिसभा बैठक: नयाँ सरकारले भ्रष्टाचार अन्त्य गर्नेमा विश्वास
काठमाडौँ । सांसद ठाकुरप्रसाद गैरैले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास र समृद्धिको यात्रालाई गति प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले वर्तमान सरकारले त्यस दिशामा अघि बढ्ने उल्लेख गर्नुभयो ।
सांसद तारा लामा तामाङले वर्तमान सरकारले देशको समग्र समस्यालाई क्रमशः समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद तोसिमा कार्कीले मन्त्रिमण्डलमा जम्मा दुई जनामात्रै महिला रहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
सांसद दीपा शर्माले बाढीपहिराका कारण देशैभरि भएको क्षतिको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दीलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले सबैभन्दा पहिला बाढीपहिराबाट पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद धवलशम्शेर राणाले भ्रष्टाचार अन्त्यका लागि वर्तमान सरकार केन्द्रित हुनुपर्ने माग गर्नुभयो ।
सांसदहरु ध्रुवबहादुर प्रधान, नारायणप्रसाद आचार्य, निर्मला कोइराला, निशा डाँगी, पदम गिरी, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतीक्षा तिवारी, प्रभु हजारा, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कंसाकार, विनिता कठायत, विमला सुवेदी, देवप्रसाद तिमल्सेना, नारायणी शर्मा, नागिना यादव र नारायण प्रकाश साउदले नवगठित वर्तमान सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्