तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछु : मन्त्री यादव

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताउनुभएको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा पद बहालीपछि उहाँले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताउनुभयो । “मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाह्रै महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँ ।”

जलवायु परिवर्तनलगायतका कारणले जमिनमुनी पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको भन्नुहुँदै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो । “उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराईलगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ । अब मेलम्चीलगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्‍याउन लागिपर्ने छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button