तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालले राजवंशी र बैतडेली भाषामा समाचार प्रसारण गर्ने

काठमाडौँ । मुलुकको बहुभाषिक नीति अनुरुप सबै भाषाहरूको संरक्षण एवं संवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यका साथ रेडियो नेपालले भोलीबाट राजवंशी र बैतडेली भाषामा समाचार प्रसारण शुरु गर्ने भएको छ ।

रेडियो नेपालले तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरबाट दिउँसो १ः४५ बजे राजवंशी र सुदूरपश्चिममा प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट दिउँसो ३ः१५ बजे बैतडेली भाषामा समाचार प्रसारण शुरु गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।

राजवंशी र बैतडेली भाषाको समाचार प्रसारण थप भएसँगै रेडियो नेपालले समाचार प्रसारण गर्ने भाषाको सङ्ख्या २४ पुगेको छ भने २३ भाषामा कार्यक्रम प्रसारण हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button