हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ
बाँके। बाँकेमा साढे २४ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज-१२ बेलासपुरस्थित एक घर भाडामा लिएर नविल रेफ्रिरिजेरेटर एण्ड एयर कन्डिसन वर्कसप नामको टिभी, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त पैसासहित नेपालगन्ज-१८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठ, नेपालगन्ज-३ का २५ वर्षीय २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर-७ का २९ वर्षीय निमबहादुर बोहरा र कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका-७ घर भएर हाल नेपालगन्ज-३ बस्ने ३० वर्षीय राहुल देवललाई पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीले उनीहरूको साथबाट हिसाबकिताब राखिएको कापी, विभिन्न व्यक्तिको नाममा पैसा पठाएको भौचरहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्