ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका एउटा घर भत्किँदा ६ जना घाइते भएका छन् ।
गयराति गाउँपालिकाको वडा नं –२ को हप्पुखोलामा एक्कासि घर भत्किएको थियो । घर भत्कँदा सिरिजंगा गाउँपालिका–२ आम्बेगुदिनका ४३ वर्षीय खड्गबहादुर बानियाँ, उहाँका श्रीमती ३८ वर्षीया जानुका बानियाँ, ३० वर्षीया सुबिना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र प्रकाश विश्वकर्माको छोरा वर्ष १० का रोहित विश्वकर्मा घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलले जनकारी दिनुभयो ।
रावलका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पु¥याइ उपचार सुरु भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्