तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा पानीको बहाव बढ्यो, पुलमा सवारीसाधन चलाउन बन्देज

बाँके । अविरल वर्षासँगै आएको बाढीले नदीमा पानीको बहाव बढेपछि राप्ती पुलमा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।

राप्ती नदीमा पानीको बहाव तीव्र भए पछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।

साथै साना सवारीसाधनमा समेत रोक लगाइएको प्रहरी चौकी इन्चार्ज मोहन भडेलले बताउनु भयो । उहाँले राप्ती नदीको पानीले रोड अवरुद्ध भएपछि सवारी साधनलाई रोक लगाउनु परेको जानकारी दिनुभयो । पैदल यात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको उहाँले बताउनुभयो ।

यसैगरी बाँकेको नरैनापुर जलमग्न भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । कोदीपुर्वा, महतिनिया लगायतका गाउँ डुबानमा परेकोले उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको र अति जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button