तपाईँ सुन्दै हुनुहुन्छः

कोसी ब्यारेजका सबै ढोका खोलिए

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ। आइतबार बिहान १०ः ३०  बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ७०  हजार क्युसेक प्रतिसेकेण्ड पुगेपछि ब्यारेजका सबै ढोकाहरू खुल्ला गरिएको नियन्त्रण कक्षले जानकारी दिएको छ । 

कोशी ब्यारेजमा अहिले खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ । 

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार कट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बालिने गरिन्छ। 

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सप्तरी, उदयपुर, सुनसरी र सप्तकोशी नदी किनाराका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button