मधेश प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित
जनकपुरधाम । मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत कर्मचारी समेतलाई लक्षित गरेर स्थानीय सेवा गठन सञ्चालन र सेवाका शर्त गठन सम्बन्धमा बनेको विधेयकमाथि छलफल जारी छ ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री सतिश कुमार सिंहको तर्फबाट हिजो विना विभागीय मन्त्री समीर मियाले पेश गर्नुभएको विधेयकमाथि छलफल जारी थियो । तर, विधेयक माथिको छलफल अर्को बैठकमा पनि जारी रहने गरि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त गठन सम्बन्धमा बनेको विधेयक समयमा प्रदेश सरकारले नल्याएका कारण स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरूको वृत्ति विकासमा समस्या भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्