तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षा र स्वास्थ्य धेरै महँगो भयो’

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले विशेष समयमा बोल्दै छाउपडी गोठमा बस्ने महिलाहरूमाथि आक्रमण हुने गरेको भन्दै विभिन्न प्रथाका नाममा महिलामाथि भइरहेको हिंसालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले धर्म र संस्कारका नाममा छाउगोठमा बस्ने महिलाहरू बलात्कार भएर, सर्पले टोकेर, चिसो लागेर मर्नुपर्ने अवस्थाले संविधानको उल्लङ्घन भएको, महिलामाथि चरम यातना भएको भन्दै त्यस्ता कुरीति हटाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

सांसदहरुले नागरिकताबाट पाइरहेको वृद्ध भत्तालाई राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम ज्येष्ठ नागरिकलाई दुख दिने नियत भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले शिक्षा र स्वास्थ्य नेपालमा धेरै महँगो भएको, ट्राफिक प्रहरीले लुकेर सवारी चालकलाई कारबाही गर्ने प्रक्रिया नमिलेको, मनसुनजन्य विपतबाट हुने क्षति न्युनिकरण गर्न सरकारले पूर्ण तयारी गर्नुपर्ने लगायतका धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button